सिटिजन्स बैंकको १६ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 09:46:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको १६ प्रतिशत बोनस सुरक्षित गर्ने आज भदौ ११ गते अन्तिम दिन रहेको छ   ।  बैंकले आगामी ११ औ साधारणसभा र  बोनस प्रयोजनको लागि एकसाथ बुक क्लोज मिति तय गरेको थियो  ।  बैंकले भदौ १२ गते हुने साधारणसभा र साधारण सभाले पारित गर्ने १६ प्रतिशत बोनसको लागि भदौ १२ गतेदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो  । भदौ ११ अर्थात आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र कम्पनीको बोनस शेयर प्राप्त गर्न सक्ने छन्  । 

कम्पनीले आर्थिक बर्ष ७३/७४ को कमाईबाट १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभाश प्रस्ताव गरेको छ  । साधारण सभाले सोहि प्रस्ताव पारित गर्ने छ  । 

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रहेकोमा प्रस्तावित बोनस पश्चात कम्पनीको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ  । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १ अर्ब २१ करोड खुद नाफा गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved