नबिल बैंकको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 09:52:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरि ४८ प्रतिशत लाभांश दिने निर्णय गरेक नेप्सेद्वारा जनाइएको छ।

बिजपाटी डटकमले प्रक्षेपण गरे अनुरुप नै नबिल बैंकले लाभांश घोषणा गरेको हो। बैंक तथा वित्तीय संस्थाको गत आर्थिक बर्षको वित्तीय विवरणको आधारमा उनीहरुको लाभांश क्षमता र दिने लाभांशबारे बिजपाटी डटकमले रिपोर्ट सार्वजनिक गर्दै आएको छ। यसै सन्दर्भमा बिजपाटी डटकमले 'नबिल संगै नेपाल इन्भेष्टमेन्ट र नेपाल बैंक ३ अर्ब क्लबमा, कुमारी सहित यी ४ बैंकको लाभांश क्षमता कति ?' भन्ने शिर्षकमा प्रकाशित रिपोर्टमा ३० प्रतिशत बोनस सेयर १७ दशमलब ४० प्रतिशत नगद लाभांश दिन प्रक्षेपण गरेको थियो। 

डिबेन्चर प्रोभिजन पश्चात नबिल बैंकसंग ५६ प्रतिशत लाभांश दिने क्षमता रहेको र उसले गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरेका थियौं। डिबेन्चर प्रोभिजन पश्चात २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?  


उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। ३० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब १८ करोड रहेको छ। बैंकले गत आर्थिक बर्ष  ३ अर्ब ६२ करोड खुद मुनाफा गरेको थियो।  

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved