कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 09:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

 कन्काई विकास बैंकको हकप्रद भर्ने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । बैंकले साउन ९ गतेदेखि १:२.१४ को अनुपातमा  २१४ प्रतिशत हकप्रद निष्काशन गरेको  हो  ।  बैंकले सय रुपियाँ अंकित ३२ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । 

 बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो  । बैशाख १८ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन्  । हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल, कन्काई विकास बैंक र सिद्दार्थ बैंकको सम्पूरण शाखा कार्यलयवटा आवेदन दिन सक्ने छन्  ।  

 हाल बैंकको चुक्ता पुंजी १५ करोड रहेकोमा हकप्रद निष्काशन पश्चात चुक्ता पुंजी ४७ करोड १० लाख पुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थी बर्षको अन्त्यसम्ममा चुक्ता पुंजी ५० करोड पुर्याउने पर्ने छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड १४ लाख खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved