स्वरोजगार लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद घोषणा, चुक्ता पुंजी २६ करोड नाघ्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 10:23:33 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त बिकास बैंकले लाभांश घोषणा गरेको छ। स्वरोजगारको भदौ ९ मा बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलब ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल स्टक एक्सचेन्जद्वारा जनाइएको छ।

स्वरोजगारको उक्त संचालक समितिको बैठकले गत आर्थिक बर्षको बोनस सेयर वितरण र बिक्रि गरेको ५० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता  पुंजीबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब समेत पारित गरेको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र माइक्रोफाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। त्यस्तै माइक्रोफाइनान्सको बार्षिक साधारणसभाले पारित गरेपश्चात र नेपाल धितोपत्र बोर्डको अनुमति पश्चात मात्र माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद बिक्री गर्नेछ।  

अघिल्लो बर्षको मुनाफाबाट माइक्रोफाइनान्सले गत बर्ष ३ओ दशमलब ४० प्रतिशत बोनस सेयर बितरण गरेको थियो भने ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो। 

स्वरोजगार लघुवित्तले गत आर्थिक बर्ष २ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ५० प्रतिशत हकप्रद वितरण पश्चात चुक्ता पुंजी १० करोड ४९ लाख पुग्ने छ। उक्त ५० प्रतिशत हकप्रदलाई समेत बोनस सेयर वितरण गर्नु पर्ने अवस्थामा बहने लघुवित्तको बोनस सेयरको अनुपात घट्नेछ।  

प्रस्तावित २५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी २६ करोड २२ लाख ५० हजार हाराहारी पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved