जनरल फाइनान्स लिमिटेडले भदौ २७ गते देखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 11:00:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल फाइनान्स लिमिटेडले भदौ २७ गते देखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  फाइनान्सले  १:१.२५ को अनुपातमा १२५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।  अब फाईनान्सले १६ करोड ५२ लाख बराबरको सय रुपियाँ अंकित १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । 

  हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले साउन २५ गते सम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन । हकप्रद भर्ने म्याद असोज ३० गते सम्म रहेको छ ।  

हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल, जनरल फाइनान्सको केन्द्रिय कार्यालय चाबहिल र न्युरोड शाखाबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै ग्लोबल आईएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु आदर्शनगर बिरगंज, सहिद चोक नारायणगढ, पृथ्वी चोक पोखरा, लोकतान्त्रिक चोक बाग्लुंग, त्रिभुवन चोक नेपालगंज र बिपी चोक बुटवल शाखा बाट पनि आवेदन दिन सक्ने छन्  । 

 इक्रा नेपालले कम्पनिको हकप्रदलाई ग्रेड ५ को रेटिंग प्रदान गरेको छ  । अर्थात् कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर छ  ।

कम्पनीले ७३/७४ को आर्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड ५० लाख घाटा बेहोरेको थियो  ।  कम्पनीको चुक्ता पुंजी १३ करोड २२ लाख रहेको छ भने १२५ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved