बढ्यो नेप्से सूचक: नबिल बैंकको कारोबार उच्च, १० प्रतिशतले बढ्यो ५ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 01:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ४.५१ अंकले बढेर १६२२.३२ को उचाईमा पुगेको छ  । आज कारोबारमा आएका १६५ कम्पनीका शेयर खरिद बिक्रिबाट ८१ करोड ५१ लाख ६४ हजार ८ सय ३६ रुपियाँ बराबरको कारोबार भएको छ  ।

आज नबिल बैंकको सबै भन्दा धेरै ५ करोड ५२ लाख बराबरको कारोबार भएको छ  । आज नै ४८ प्रतिशत लाभांश गरेकोले बैंकको कारोबार उच्च भएको हो   ।

अन्य बढी कारोबार हुनेमा सिटिजन्स बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन्  ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये फाइनान्स, इन्स्योरेन्स र अन्य समुह बाहेकका सबै सूचक बढेका छन्  । 

आज सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर, स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स,  र हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेका छन्  ।

आज गुमाउनेमा  नबिल ब्यालेन्स फण्ड १,  जनरल फाइनान्स अगाडी रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved