एनबि इन्स्योरेन्सको २५ हजार ५ सय ८० कित्ता सेयर लिलाममा, आजदेखि आबेदन खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 05:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। एनबि इन्स्योरेन्सले हकप्रदमा अवितरित २५ हजार ५ सय ८० कित्ता सेयर भदौ १५ देखि लिलाम मार्फत बिक्री गर्न लागेको हो। 


एनबि इन्स्योरेन्सद्वारा जारी सूचना अनुसार कम्पनीले भदौ १५ देखि २२ गतेसम्मका लागि २८ हजार ५८० कित्ता सर्वसाधारण सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले असार ५ देखि साउन ९ सम्मका लागि १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलामीमा राख्न लागेको हो। 

एनबि इन्स्योरेन्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २७ लाख कित्ता सेयर हकप्रदमा बिक्री खुला गर्दा २८ हजार ५८० कित्ता सेयरमा दाबी नपरेको हो। 

इच्छुक बोलकबोल दाताले भदौ २२ गतेभित्र बैंकिङ समय ३ बजेसम्म बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमलमा आइपुग्ने गरि आबेदन निबेदन दिनुपर्नेछ। बोलपत्रको नतिजा भदौ २३ गते ३:३० बजे बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल मार्केट्सको कार्यालयमा खोलिने छ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको सेयर पाउने छन।


इच्छुक बोलकबोलदाताले भदौ २२ गतेसम्म ग्लोबल आइएमई क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१५८७०१९ मा Global IME Capital Limited को नाम उल्लेख गरी रकम जम्मा गर्नु पर्नेछ।

शतप्रतिशत हकप्रद वितरण तथा समायोजन पश्चात एनबि इन्स्योरेन्सको चुक्ता पुंजी ५४ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड रहेको छ। बिमा समितिको निर्देशन अनुसार एनबि इन्स्योरेन्सले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved