ङादी ग्रुप पावरले गर्यो लाभांश घोषणा, बोनस पश्चात ३० प्रतिशत हकप्रद जारी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 09:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत लाभांश रकम दिने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले १० प्रतिशत बोनस शेयरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले गत बर्षको साधारण सभा बाट नै ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । तर उक्त शेयर निष्काशन भई नसकेकोले अहिले १० प्रतिशत बोनसपछि कायम हुने चुक्तापुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

१० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुंजी ५३ करोड ५५ लाख ५४ हजार ८ सय पुग्नेछ भने ३० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६९ करोड ६२ हजार २१ हजार २ सय ४० पुग्ने छ ।

बोनस र हकप्रद प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved