असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध, अन्यथा कारोबार स्थगन गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 11:01:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सबै सुचिकृत कम्पनीहरुलाई बार्षिक सूचीकरण नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली, २०५० को अनुसूची -९ बमोजिम असोज मसान्तसम्म शुल्क बुझाउन अनुरोध गरेको छ ।

नेप्सेले सबै कम्पनीहरुलाई नेप्सेको ग्लोबल आईएमई बैंक लिमिटेडको कमलपोखरी शाखामा रहेको खाता नम्बर ७५०१०१००००७७५ मा शुल्क जम्मा गरेर बैंक भौचर नेप्सेलाई स्क्यान गरेर पठाउन अनुरोध गरेको छ ।

नेप्सेले उल्लेखित समय भित्र शुल्क नबुझाए शेयर कारोबार स्थान गर्ने च्गेतावानी दिएको छ ।

कसले कति तिर्नु पर्छ शुल्क ?

१ करोडसम्म चुक्ता पुंजी भएका कम्पनीहरुले १५ हजार  ।

१ करोड देखि ५ करोडसम्म चुक्ता पुंजी भएका कम्पनीहरुले २५ हजार  ।

५  करोड देखि १० करोडसम्म चुक्ता पुंजी भएका कम्पनीहरुले ३५ हजार  ।

१० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीहरुले ५० हजार  ।

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved