सूचक घटेपनि १० प्रतिशतले बढ्यो ३ कम्पनीको शेयर मूल्य, ९० करोडको टर्नओभर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 01:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.४१ अंकले घटेर १६१२.९१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका १५ लाख ४२ हजार २ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ९० करोड ९३ लाख ५७ हजार १ सय रुपियाँको कारोबार भएको छ ।

 आज स्वरोजगार लघुवित्तको सबै भन्दा धेरै ६ करोड ६३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा छिमेक लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, नबिल बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक र उत्पादन समूहबाहेकका सबै सूचक घटेका छन् । आज स्वरोजगार लघुवित्त, हिमालयन डिस्टिलरी र हिमालयन पावर पार्टनरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै आज सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ , नबिल ब्यालेन्स फण्ड १, जनरल फाइनान्स लगायतका कम्पनीहरुले धेरै गुमाएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved