कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले १८ प्रतिशत लाभांश बाड्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2017 | 06:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गत आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । 

 उक्त लिमिटेडले आव २०७३/७४ मा रु ९० लाख ४७ हजार ३९४ मुनाफा वितरण गर्न लागेको हो  । लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८  प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि रु ९० लाख ४७ हजार मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

“यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उनले भने । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा  क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो । 

 पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिए।पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको रु ८५  तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु ११४ तिरे पुग्छ । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved