युनिलिभर नेपालको बार्षिक साधारणसभा, प्रति सेयर १२७० नगद लाभांश प्रस्ताब मुख्य एजेन्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2017 | 06:04:16 AM मा प्रकाशित

laxmi  sunrise bank

युनीलिभर नेपाल लिमिटेडको अघिल्लो आर्थिक बर्षको तुलनामा कमाई १३ दशमलब ९५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्ष यस अवधिमा १ अर्ब १२ करोड खुद मुनाफा गरेको यस कम्पनीको कमाई गत बर्ष ९६ करोड ५२ लाखमा सिमित भएको छ।    

कम्पनीको संचालन आम्दानी ४ अर्ब ४० करोडबाट ५ अर्ब १ करोड पुगेको छ भने संचालन कुल खर्च २ अर्ब ९७ करोडबाट बढेर ३ अर्ब ६८ करोड पुगेको छ।  

कम्पनीको रिजर्भ १ अर्ब ९५ करोडबाट बढेर १ अर्ब ९८ करोड पुगेको छ भने यस अवधिमा कम्पनीको चुक्ता पुंजी ९ अर्ब २१ करोड रहेको छ। त्यस्तै नेपाल स्टक एक्सचेन्जमा सबै भन्दा महँगो सेयर मुल्य भएको यस कम्पनीको प्रति सेयर आम्दानी १ हजार २१७ बाट १ हजार ४७ रुपैयाँमा झरेको छ। त्यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ २१५३ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २७ दशमलब ८६ गुणा रहेको छ। 

१२७० प्रतिशत नगद लाभांश, लगानी कति प्रतिफल मुलक ?

युनिलिभर नेपालले स्थापनाको २५ औ बर्षको अवसरमा प्रति सेयर १७० रुपैयाँ थप गरी १२७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। सम्बन्धित निकाय र कम्पनीको २४ औ बार्षिक साधारणसभाबाट स्वीकृती पश्चात सेयरधनीहरुमा उक्त लाभांश बितरण हुनेछ। कम्पनीले असोज २० का लागि साधारणसभा डाकेको छ। 

नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये सबै भन्दा महँगो सेयर मुल्य भएको यस कम्पनीले दिदै आएको नगद लाभांश समेत सबै भन्दा धेरै हो। अघिल्लो आर्थिक बर्ष कम्पनीले प्रति सेयर १०२० रुपैयाँ नगद लाभांश दिएको थियो।     

कम्पनीको पछिल्लो सेयर मुल्य प्रति कित्ता ३० हजार १०० रहेको छ। अर्थात प्रति कित्ता ३० हजार १०० लगानी गर्दा लगानीकर्तालाई बार्षिक १२७०  रुपैयाँ आम्दानी भएको छ। प्रतिशतमा उक्त कम्पनीले दिएको आम्दानी ११००/३०१०० ४ दशमलब २१ प्रतिशत हुन आउँछ।

तसर्थ, प्राविधिक रुपमा १२७० रुपैयाँ आम्दानी गर्न प्रति कित्ता ३० हजार १०० लगानी गर्नु कति प्रतिफलमुलक हो भन्ने कुरा लगानीकर्ता स्वयले निर्णय लिनु पर्ने बिषय हो।    

 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved