सिद्दार्थ बैंक र मिर्मिरे माइक्रोफाइनान्सले लिलाममा राखेको शेयरमा आवेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2017 | 08:38:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सिद्दार्थ बैंक र मिर्मिरे माइक्रोफाइनान्सले लिलाममा राखेको अवितरित हकप्रदमा आवेदन दिने अन्तिम दिन रहेको छ । 

सिद्दार्थ बैंकले  भदौ ६ गतेदखि  हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने थालेको थियो । बैंकले   २ लाख ५३ हजार ९२२ दशमलब १३ कित्ता सेयर लिलाम बढाबढमा बिक्रीमा राखेको हो। 

बैंकले जेठ २५ गतेदेखि असार २८ सम्मका लागि १०० बराबर ३० अर्थात ३० प्रतिशतका दरले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलब १८ कित्ता हकप्रद निष्काशन गर्दा अवितरित सेयर अहिले लिलामीमा राखेको हो। 

लिलामीमा राखिएको सेयरमा संस्थापक समूह तर्फ १३ हजार ५८५ दशमलब ८७ कित्ता र सर्वसाधारण समुह तर्फ २ लाख ४० हजार ३७१ दशमलब २६ कित्ता सेयर रहेको छ। 


इच्छुक बोलकबोल दाताले आज भदौ १४ गते बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

बैंकले गत आर्थिक बर्ष १ अर्ब ४१ करोड खुद मुनाफा गरेको छ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ६२ करोड रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले ३० प्रतिशत हकप्रद जारी पश्चात कायम चुक्ता पुंजीबाट पुन: १० प्रतिशत हकप्रद बिक्री गर्दैछ। १० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी करिब ७ अर्ब ५० करोड पुग्नेछ। 

 त्यस्तै ,

मिर्मिरे माइक्रोफाइनान्सले लिलाममा राखेको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज भदौ १४ गते अन्तिम दिन रहेको छ ।  माइक्रोफाइनान्सले भदौ ६ गतेदखि  हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गरेको हो। माइक्रोफाइनान्सले १ हजार ९ सय ४० कित्ता सेयर लिलाम बढाबढमा बिक्रीकोलागी राखेको छ  । 

कम्पनीले असार ५ गतेदेखि १ बराबर ०.५ अर्थात ५० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा बिक्रि नभएका १ हजार ९ सय ४० कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गरेको हो ।

इच्छुक बोलकबोल दाताले आज भदौ १४ गते बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादी स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

इच्छुक बोलकबोलदाताले प्रभु बैंकमा प्रभु क्यापिटलको नाममा रहेको खाता नम्बर १३५११६००६३१८१६०००००४ मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा  गर्नु पर्ने छ । 

 कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १ करोड ५४ लाख खुद नाफा कमाएको थियो । हिजो सोमबार कम्पनिको शेयर ३ हजार १ सय ७६ रुपियाँमा कारोबार भएको थियो  

हाल कम्पनीको चुक्ता पुंजी ३ करोड रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ४ करोड ५० लाख पुग्ने छ  । कम्पनीले शत प्रतिशत हकप्रद प्रस्ताव गर्नको लागि भदौ २६ गते बिशेष साधारणसभा समेत डाकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved