EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 30, 2017 | 08:38:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्ये अधिकांशले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। सुचिकृत कम्पनीहरु मध्य पछिल्लो समय बिमा र लघुवित्त कम्पनीको सेयर मुल्य उल्लेख्य बढेका छन भने लगानीकर्ताको आकर्षण समेत यी कम्पनीहरुमा बढेको पाइएको छ।

नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये ८० प्रतिशत भन्दा बढी वित्तीय क्षेत्रका संस्थाहरु रहेका छन। त्यसमा पनि बैंकहरुको बर्चस्व बढी छ। त्यसैले पनि  बैंकिङ क्षेत्रमा आएको सामान्य उतारचढावले पनि नेप्से सूचकलाई प्रभावित बनाउदै आएको छ।    

त्यसमा पनि पछिल्लो समय लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण बढीरहेको छ। लघुवित्त कम्पनीको सेयर संख्या बैंकहरुको तुलनामा कम हुने र सिमित ब्यक्तीले त्यसमा चलखेल गरेका कारण लघुवित्तको सेयर उचालिएको हो भन्नेको ठुलो जमात रहेको छ। यद्दपी देशका बिकट क्षेत्रहरुमा पुगी लघुवित्त सेवा दिंदै आएका अधिकांश लघुवित्त कम्पनीहरुले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेकाले पनि यस्ता कम्पनीमा आकर्षण बढ्नु स्वाभाविक भएको पुष्टि गरेको छ। 

अधिकांश लघुवित्त कम्पनीहरुको सेयरमा आकर्षण बढ्दा उनीहरुको सेयर मुल्य समेत उल्लेख्य बढेको छ। त्यसमा लाभांश समेत खुवान नसक्ने अवस्थामा रहेका र संचिति नोक्सानमा रहेका लघुवित्तको सेयर उचालिएर किन्दाको जोखिम पनि उत्तिकै रहेको छ।    

लगानीकर्ताले सुचिकृत संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। 

हामीले यो रिपोर्ट तयार गर्दै गर्दा रिलायबल, मेरो र फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरिसकेका छन। त्यस्तै सपोर्ट माइक्रोफाइनान्सले नियमन निकाय नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमती पाइसकेको छ। 

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यहाँ ३४ वटा लघुवित्त कम्पनीहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ बिजपाटीका लागि जनोमले तयार गरेको ३४ वटा लघुवित्त कम्पनीहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved