२० अर्ब चुक्ता पुंजीको 'नेपाल इस्फ्रास्ट्रक्चर बैंक' संचालनमा आउंदै, सर्वसाधारणलाई ८ अर्बको सेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2017 | 06:37:15 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाममा पूर्वाधार बिकास बैंक खुल्ने भएको छ। पांच बाणिज्य बैंक तथा केहि इन्भेष्टमेन्ट कम्पनीको संयुक्त लगानीमा 'नेपाल इस्फ्रास्ट्रक्चर बैंक' को नाममा पूर्वाधार बिकास बैंक खोल्न इमर्जिङ नेपालले बुधबार नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गराएको छ।

दुई साता अघि नेपाल राष्ट्र बैंकले पूर्वाधार बिकास बैंक संचालन गर्नका लागि लाइसेन्स खुला गरेसंगै पुर्वाधार बिकास बैंक खोल्न निबेदन दर्ता गर्नेमा इमर्जिङ नेपाल पहिलो संस्था समेत बनेको छ। 

प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंकमा ग्लोबल आइएमई, एनआईसी एशिया, प्रभु, सिद्दार्थ लगायतका वाणिज्य बैंक, केही बीमा कम्पनीहरु तथा   इन्भेष्टमेन्ट कम्पनीहरुको लगानी रहनेछ। यस बैंकको चुक्ता पुंजी २० अर्ब रहनेछ। बैंकमा नेपाल सरकारको १० प्रतिशत सेयर संस्थापक समुह तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत सेयर रहेको छ। 

प्रस्तावित पूर्वाधार बिकास बैंकमा कुल ३९ जना संस्थापक रहनेछन्। अध्यक्षमा पूर्व मुख्यसचिव डा. बिमल कोइराला र प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. विनोद आत्रेय छन।

यसै आर्थिक बर्ष भित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने गरी नेपाल राष्ट्र बैंकमा निबेदन दर्ता गरिएको यस बैंकमा विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको प्रस्तावित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकका अध्यक्ष तथा पूर्व मुख्यसचिव डा. कोइरालाले जानकारी दिए।

प्रस्तावित 'नेपाल इस्फ्रास्ट्रक्चर बैंक' ले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्नेछ। 

साथै प्रस्तावित 'नेपाल इस्फ्रास्ट्रक्चर बैंक' ले राष्ट्र बैंकको स्वीकृति लिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार समेत गर्ने लक्ष्य लिएको छ।   

 राष्ट्र बैंकले पूर्वाधार बिकास बैंक संचालन गर्न लाइसेन्स खुला गरेपश्चात एक चीनिया कम्पनीले समेत १ खर्बको पूर्वाधार बिकास बैंक खोल्न प्रक्रिया अगाडी बढाएको छ। 

नेपालमा एक खर्बको पूर्वाधार बिकास बैंक खोल्न चीन तयार, सरकारलाई २० अर्ब बोनसको प्रस्ताब

पूर्वाधार विकास बैंक खोल्ने बाटो खुल्यो, चुक्ता पूँजी २० अर्ब चाहिने





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved