समिट माइक्रोफाइनान्सले भदौ २९ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 11:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले भदौ २९ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  नेपाल धितोपत्र बोर्डले साउन २३ गते समिटलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो । समिट माइक्रोफाइनान्सले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो ।

  अब कम्पनीले सय रुपियाँ अंकित ७ लाख २५ हजार कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  माइक्रोफाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । भदौ ८ गते सम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले कार्तिक १ गतेसम्म हकप्रद भर्न सक्ने छन्     । 

इच्छुक लगानीकर्ताले सानिमा क्यापिटलको कार्यालय नक्साल, समिट माइक्रो फाइनान्सको शाखा कार्यालयहरु र सानिमा बैंकको धनगढी , नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, बिरंगज, र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकने छन्  । 

माइक्रोफाइनान्सले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड ८१ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ७ करोड २५ लाख रहेकोमा शत प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी १४ करोड ५० लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved