यस्ता छन् बोर्डका १८ नीति तथा कार्यक्रम : अनलाइन ट्रेडिङ, प्यान अनिवार्यदेखि नयाँ स्टक एक्सचेन्ज खोल्नेसम्म

एनआरएनलाई पुंजीबजारमा प्रवेश देखि बास्तविक कम्पनी आकर्षित गर्ने पनि
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 09:07:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बिहिबार  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आ.व. २०७४।७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पुंजी परिचालनको प्रमुख संयन्त्रको रुपमा रहेको धितोपत्र बजारको स्वच्छ, पारदर्शी तथा प्रभावकारी संचालन र धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण हुने लगानीमैत्री वातावरण बनाउन धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी ढंगले अगाडि बढाउनको लागि निर्दिष्ट नीति तथा कार्यक्रममार्फत् धितोपत्र बजारको सुधार तथा विकासमा जोड दिदैं आएको बोर्डले रजतजयन्तीको अवसरमा यसरी पहिलोपटक धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आ.व. २०७३।७४ को धितोपत्र बजारको समग्र स्थिति र बोर्डको कार्यप्रगतिको समीक्षा गर्दै आ.व. २०७४।७५ मा धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले लिएको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिए । कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पहिलोपटक धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमलाई पुस्तिकामार्फत् सार्वजनिक गर्दै नियमन निकायको पारदर्शी तथा उत्तरदायी गतिविधिबाट धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने बताउँदै यस धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट धितोपत्र बजारमा पूर्वाधारको विकास हुने, बजारको पारदर्शीता बढ्ने, वास्तविक क्षेत्रको बजार प्रवेशमा बृद्धि आउने, लगानीकर्ताहरुलाई उपलब्ध लगानी उपकरणहरुको विकल्पहरुमा बृद्धि आउने, लगानीकर्ताको बजारमा विश्वास अभिबृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार देशभर विस्तार भई समग्रमा प्राथमिक तथा दोस्रो बजारमा बढोत्तरी आउने र नेपालको धितोपत्र बजार दीर्घकालीन पुँजी परिचालनको महत्वपूर्ण संयन्त्रको रुपमा विकसित हुने विश्वास व्यक्त गरे ।

साथै बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले यसरी पहिलो पटक सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले बोर्डको गतिविधि थप पारदर्शी भई आफनो कार्यप्रति उत्तरदायी बनाउने बताउँदै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।  

 नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले आगामी आर्थिक वर्षदेखि प्यान नम्बर अनिवार्य गरिने बताएको छ । धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७५/७६ बाट सेयर बजारमा कारोबार गर्न प्यान (स्थाइ लेखा नम्बर) अनिवार्य गर्ने नीति समेत सार्वजनिक गरेको हो । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

यता, धितोपत्रको बारेमा विभिन्न जानकारी दिन १० करोड पुँजी भएको धितोपत्र प्रशिक्षण संस्था (सेक्युरिटी मार्केट इन्स्टिच्युट) स्थापना गर्न पनि बोर्ड जुटेको अध्यक्ष डा. रेवतबहादुर  बहादुर कार्कीले जानकारी गराएक छन् । धितोपत्र सम्बन्धी अध्ययन अनुसन्धान गर्न र धितोपत्र सम्बन्धी थिंक ट्यांकको विकास गर्न बोर्डको कम्तीमा ५१ प्रतिशत सेयर लगानी हुने गरी प्रशिक्षण संस्था स्थापना गर्ने जनाएको छ । बजारको बढ्दो आकार र कम्पनीको संख्यालाई मध्यनजर गर्दै यो वर्ष  सुपरिवेक्षण प्रभावकारी बनाउने पनि बोर्डले बताएको छ ।

 धितोपत्र बोर्डले इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्था कार्यान्वयनमा ल्याउने जनाएको छ । 

त्यस्तै बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्ज संचालनकालागि सहजीकरण गर्ने समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। शेयर बजारमा लगानी गर्ने उदेश्यले स्थापना भएका इन्भेस्टमेन्ट कम्पनीलाई नियमनको दायरामा ल्याउने बोर्डको योजना छ । साथै बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरुलाई समेत सेयर बजारमा सूचिकृत गराउन आर्कषण गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 


यस्ता छन् बोर्डका नीति तथा कार्यक्रम 

आ.व. २०७४।७५ को प्रमुख नीति तथा कार्यक्रमहरु

 सूचिकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई लागू गर्ने,

 धितोपत्र व्यवसायीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन तयार गरिएको Supervision Manual को प्रभावकारी

कार्यान्वयन गर्ने,

 भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सम्बन्धी अध्ययन गरी आवश्यक नियम बनाउने,

 सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजना प्रवेश गराउने,

 बोर्डको कम्तिमा ५१ प्रतिशत सेयर भएको धितोपत्र बजार प्रशिक्षण संस्था  (Securities Market Institute) स्थापना गर्ने,

 बढ्दो अर्थतन्त्र र पुँजी बजारको विस्तारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा

नयाँ स्टक एक्सचेन्ज संचालनका लागि सहजीकरण गर्ने,

 Commodity Derivatives बजारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ प्रमाणिकरण भई आएपश्चात्

लागू गर्न नियमावली बनाई सो बजारलाई नियमनको दायरामा ल्याउने,

 Municipal Bond निष्काशनसम्बन्धी आवश्यक व्यवस्था तथा ऋणपत्र र अग्राधिकार सेयर बजार विकासको लागि

अबलम्वन गरिनुपर्ने प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन गर्ने,

 धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका लगानी कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन कम्पनी

रजिष्ट्रारको कार्यालयसँग समन्वय स्थापित गरी आवश्यक कार्य अगाडि बढाउने,

 पुँजी बजार प्रदशनी (-Capital Market Expo) आयोजना, धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार आयोजना,

धितोपत्र बजार सम्बन्धी हुलाक टिकट प्रकाशन, SEBON Journal प्रकाशन, रु.५०,०००।– रकमको उत्कृष्ट आर्थिक

प्रत्रकारिता पुरस्कार लगायतका कार्यक्रम सहित रजत जयन्ती वर्ष भव्य रुपमा मनाउने,

 धितोपत्र सम्बन्धी तथ्याङ्कको समूचित व्यवस्था गर्ने र धितोपत्र बजार सम्बन्धी अध्ययन÷अनुसन्धान कार्यलाई

प्रोत्साहन गर्ने,

 धितोपत्र बजारमा गैर आवासीय नेपाली  को लगानी खुला गर्ने सम्बन्धी अध्ययन गर्न

समिति गठन भैसकेको परिप्रेक्ष्यमा सो सम्बन्धमा आवश्यक कार्यविधि बनाउने,

 Internet मार्फत्धितोपत्र खरिद विक्री आदेश दिन सक्ने व्यवस्था कार्यान्वयमा ल्याउने,

 धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र (मार्जिन ट्रडिङ्ग, धितोपत्र व्यापारी सेवा) विस्तार सम्बन्धमा अध्ययन गर्ने,

 निश्चित संख्यासम्मको अभौतिकृत हुन बाकीँ धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिबृद्धि

गर्न अभौतिक धितोपत्र कारोवार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने,

 दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं. (PAN) लाई २०७५।७६ देखि अनिवार्य गर्नकोलागि आवश्यक नीतिगत व्यवस्था गर्ने,

 धितोपत्र बजार सम्बन्धी जानकारी तथा सचेतना अभिबृद्धि कार्यक्रम व्यापक रुपमा संचालन गर्ने ।

साथै, वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने, नेप्से तथा सीडिएससीको प्रणालीको संपरिक्षण गर्न सहजीकरण

गर्ने, छुट्टै नियमन निकाय नभएका सूचिकृत कम्पनीहरुको नियमन तथा सुपरिवेक्षण गर्ने, नेप्से तथा सिडिएससीको

पुर्नसंरचनामा सहजीकरण गर्ने, बोर्डको संचालन स्वायत्तता बढाउने, धितोपत्रको दोस्रो बजार कारोवारलाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन Settlement Guarantee Fund को व्यवस्थाका लागि सहजीकरण गर्ने, बोर्डको आफ्नै कार्यालय भवन बनाउन आवश्यक कार्य अगाडि बढाउने जस्ता कार्यक्रमहरु समेत रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved