सेन्चुरी कमर्शियल बैंकको ४० प्रतिशत हकप्रद भर्ने म्याद एक दिन थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 11:34:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको हकप्रद भर्ने म्याद एक दिन थप भएको छ  ।  बैंकले यसअघि लगानीकर्ताले भदौ १८ सम्म हकप्रद भर्न सक्ने बताएकोमा त्यस दिन ईदको सार्बजनिक बिदा परेकोले अब भदौ १९ गतेसम्म हकप्रद भर्न सक्ने छन्   ।

 बैंकले साउन १६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । बैंकले  १०:४ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो।  बैंकले १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद बिक्रि गर्ने छ।  हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल मार्केट बिक्रि प्रबन्धक रहेको छ ।  

हकप्रद प्रयोजनार्थ बैंकले असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । असार २६ सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।   हकप्रदको लागि सिभिल क्यापिटलको कार्यालय सुन्धारा र सेन्चुरी बैंकको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

इन्नोभेटिव र अरनिकोलाई गाभेपछि बैंकको चुक्ता पुंजी ४ अर्ब ७१ करोड रहेको छ ।  त्यस्तै बैंकले समगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया अघि बढाएको छ ।  इन्नोभेटिव र अरनिकोका शेयरधनीले मात्र हकप्रद प्राप्त गर्न सक्ने छन् । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved