अनुसन्धानकर्ता रोशन पोखरेलको नजरमा नेप्सेमा देखिएको अहिलेको डाउनफलको ३ कारण र अबको बाटो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 01:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रोशन पोखरेल (स्वतन्त्र लेखक तथा अनुसन्धानकर्ता)

बिगतमा श्रावण देखी आश्विनसम्मको समयमा नेपाली शेयर बजारमा एक किसिमको उत्साह छाउँथ्यो । बजारको चहल पहल नै अलग देखिन्थ्यो । तर यस पटक श्रावण शुरु भएसँगै बजार घट्ने क्रममा छ । आम लगानीकर्ता अन्योलमा देखिन्छन् ।

कारोबार रकम हेर्दा बजारमा राम्रै कारोबार भइरहेको देखिन्छ । अहिले बजारमा दुई किसिमका लगानीकर्ताको भरमार देखिन्छ । पहिलो किसिमका लगानीकर्ता आकाशै खस्ने भो भनेर धमाधम सेयर तह लगाउँदै छन भने अर्को तिर बाठा लगानीकर्ता बजारबाट राम्रा कम्पनीहरु छानी छानी उठाईरहेका भेटिन्छन । सँधै गुमाउने पहिलो किसिमका लगानीकर्ता नै हुन्छन । चाहे बजार बढोस चाहे घटोस् । यस्ता लगानीकर्ता बुलमा सबै भन्दा अन्तिम तिर (जब बजार saturated  हुने क्रममा हुन्छ) छिर्छन । कमसल कम्पनिलाई पनि हौसिएर अत्यधिक मोलमा किन्छन् । अनि वियरमा पनि अन्तिममा छिरेर सस्तोमा राम्रो कम्पनी फालेर निस्कन्छन् । यस्तो प्रवृतिले सेयरबजारलाई अस्थिर बनाईरहेको हुन्छ ।

अहिलेको डाउनफल किन ?

अहिलेको डाउनफल सबैको आंकलन विपरित देखियो । यो सिजनमा धेरैले डाउनफलको कल्पना समेत गरेका थिएनन् । तर बजार लगातार घटिरहेको स्थिती छ । आखिर किन त ? यसको एउटै सर्वमान्य कारण खोज्न कठिन छ । सरसर्ती हेर्दा निम्न कारणहरुलाई यसको दोषी मान्न सकिन्छ ।

१. अत्यधिक सेयरको आपूर्ती हुनु । केही समय अघि  देखिएको credit crunch को असरले बजारमा आपूर्तीको तुलनामा मागमा बढोत्तरी हुन नसक्नु’। हाल यस स्थितीमा केही क्रमिक सुधार देखिएता पनि पूर्ण रुपमा यसको असर हट्न केही समय लाग्ने देखिएकोले पनि लगानीकर्तामा धैर्यको खाँचो अझै केही समय देखिन्छ । अहिलेको बित्तिय क्षेत्रको बेसरेटको अध्ययन गरी हेर्दा पनि शेयरबजारमा लगानी गर्नु भन्दा बैंकमा रकम राख्दा अल्पकालमा बढी फाइदा हुने देखिन्छ ।

२. नेपाली शेयरबजारमा  सिमित क्षेत्र मात्रको उपस्थिती यसको अर्को प्रमूख कारक तत्व हो । नेपाली शेयरबजार विकासको गतिमा धेरै पछाडी छ । सिमित मात्र क्षेत्रको उपस्थिती नेपाली शेयरबजारको ठूलो कमजारी हो । अझ पनि बैंकिङ क्षेत्रले नै नेपाली शेयरबजारलाई डोहो–याई रहनु विडम्बना हो । समयक्रममा हाइड्रो तथा बिमाले बलियो उपस्थिती देखाउने आंकलन भने गर्न सकिन्छ । हालको अवस्थामा लिड गर्ने बैंकिङ क्षेत्रले दिने प्रतिफलले लगानीकर्तालाई आकर्षित गर्ने देखिन्न । यसले पनि बैंकिङ क्षेत्रमा लगानी गर्न लगानीकर्ता उत्साहित देखिदैनन् । लिड गर्ने क्षेत्रमा देखिएको सुस्तताले समग्र बजारलाई असर गरीरहेको देखिन्छ ।

३. त्यसै पनि चिकन हार्टेड लगानीकर्ताको भरमार भएको अविकसित सानो बजार । अनलाइन पोर्टल र न्यूज”च्यानलको बढ्दो संख्या । नकारात्मकतालाई मसला बनाएर समाचार सप्रेषण गर्न उद्धत । सानो भन्दा सानो नकारात्मक समाचार, टिका–टिप्पणीले पनि बजारलाई बढि नै असर गरेको पाइन्छ । बजार अस्थिर हुनुमा बिनाअर्थका र भ्रामक समाचारहरु पनि उत्तिकै जिम्मेवार छन् ।

अबको बाटो 

शेयर बजारमा उतार चढाव स्वाभाविक हुन्छ । बढ्नु’घट्नु’बजारको धर्म हो । त्यसैले धैर्य नगुमाऊ । आर्थिक क्षेत्रमा देखिने सकारात्मता सँगै बजार बढ्नुको बिकल्प छैन । बिस्तारै बजारमा बिक्री चापको तुलनामा खरिद चाप बढे सँगै बजारले नयाँ इतिहास रच्नेमा आशाबादी हुन सकिन्छ । बजारलाई सट्टेबाजी गर्ने थलोको रुपमा नभई लगानी गर्ने थलोको रुपमा आत्मसात गरौं । हौसिएर होइन सुझबुझ पु–याएर लगानी गरौं । दिर्घकालिन लगानी नै कम जोखिमयुक्त लगानी हो त्यसैले आफ्नो पोर्टफोलियो ब्यवस्थापन गरी अल्पकालिन र दिर्घकालिन लगानीमा समयसापेक्ष परिवर्तन गर्ने बानी बिकास गर्नु लाभदायक हुन्छ । बजारको दिशा र गतिसँग सँधै चनाखो भई लगानी गरौं । शुभ लगानी । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved