आईएमईको दशैं अफर: पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 09:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले पर्व लक्षित डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि अफर रहने गरि आइएमईले योजना ल्याएको हो।  

हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने प्रत्येक भाग्यशालीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई भाग्यशालीलाई  पठाएको रकमको डबल, हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एकजनालाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे।   

अफर अवधिमा विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। 

योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्नेछन। सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने आईएमईले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved