सेञ्चुरी कमर्सियल बैंक @Centu र भाटभटेनी मनी ट्रान्सफरबिच सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।