बढ्यो रेमिट्यान्स, ५ महिनामा भित्रियो ३ खर्ब ७७ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 05:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पाँचौ महिनामा रेमिटेन्स सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवदेन सार्वजनिक गर्दै रेमिटेन्स मा ०.१ प्रशितको समान्य वृद्धि भएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थात् मंसिर मसान्तसम्म ३ खर्ब ७६ अर्ब ९९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २ प्रतिशतले वृद्धि हुँदा भदौमा ०.३ प्रतिशले घटेको थियो । त्यस्तै असोजमा ४.९ प्रतिशतले घटेको रेमिट्यान्स कार्तिकमा २.३ प्रतिशते घटेको थियो । तर मंसिरमा आउँदा भने रेमिट्यान्स सामान्य बढेको हो ।

पाँच महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १.४ प्रतिशतले घटेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved