एनआईसी एशिया रेमिटमा निशुल्क रेमिटेन्स सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 06:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

योजना अन्तर्गत बैंकका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले जनाएको छ । 

बैंकले ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्ग मार्फत् सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved