एनआईसी एशिया बैंक NIC Asia Bank Limited र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार सुरु भएको छ ।
सम्झौता पश्चात अष्ट्रेलियामा रहेका नेपालीहरूले लिगल रेमिटबाट पठाएको रकम एनआईसी एशिया रेमिट मार्फत लिन सकिनेछ ।
अष्ट्रेलियाबाट पठाएको विप्रेषण रकम उक्त बैंकको ३१९ वटै शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।