४ प्रतिशतले घट्यो नेपाल भित्रिने रेमिटेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 11:01:18 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७६।०७७ को ९ महिनाको अवधिमा नेपालमा विप्रेषण आप्रवाह चार प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा कुल छ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा भित्रिएको विप्रेषणभन्दा चार प्रतिशत कम हो । 

त्यस्तै अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७५।०७६ को ९ महिनामाको अवधिमा नेपालमा विप्रेषण आप्रवाह दर २०.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिने संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आय सात खर्ब १३ अर्ब ११ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ट्रान्सफर आय २०.९ प्रतिशतले बढेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved