कोरोनाका कारण आधाभन्दा बढीले घट्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 09:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्ष २०७६।७७ को नौ महिनामा विप्रेषण आप्रवाह ह्वात्तै घटेको छ । चालु आर्थिक वर्षको चैत्र महिनामा कुल विप्रेषण ३४ अर्ब ४८ करोड रुपैयाँ  भित्रिएको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा भित्रिएको भन्दा आधा कम हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको चैत्र महिनामा ७० अर्ब ९९ करोड ६६ लाख रुपैयाँ  विप्रेषण भित्रिएको थियो । यस वर्षको चैत्र महिनामा भित्रिएको विप्रेषण रकम गत अर्थिक वर्षको चैत्र महिनामा भित्रिएको रकमभन्दा ५१.४७ प्रतिशत अर्थात् ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कम हो । 

कोभिड–१९ का कारण विश्वव्यापी रुपमा नै विप्रेषण आप्रवाहमा २० पतिशतले ह्रास विश्व बैंकको अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved