सेल पेबाट पठाएको रकम आई पे रेमिटबाट भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 11:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सेल पेबाट डिजिटल माध्यमद्वारा आन्तरिक विप्रेषण गरी पठाएको रकम आई पे रेमिटबाट भुक्तानी प्राप्त गर्न सकिने भएको छ । रेमिट र सेल पेबीच  विप्रेषण कारोबार सम्बन्धमा सम्झौता भएसंगै सेल पेका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सेल पेबाट पठाएको रकम रेमिटबाट भुक्तानी गर्न वालेटको आवश्यकता नपर्ने र विप्रेषण वापतको रकम सेल पेमा आवद्घ भएका बैंक खाताबाट स्वतः डेबिट हुनेछ । रेमिटले विगतदेखि विश्वका विभिन्न मुलुकबाट विप्रेषण रकम नेपाल भित्राईरहेको जनाइएको छ । यस्तै विदेशबाट नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामा रियल टाईम बैंक एकाउन्ट डिपोजिटको व्यवस्था पनि गरेको रेमिटले जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै रियल टाईम एकाउन्ट डिपोजिट र विभिन्न वालेट कम्पनीहरुसँग सहकार्य गरी कारोबार गरिरहेको रेमिटका बजार प्रमुख रुप नारायणले बताएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved