युरोप अमेरिका र अष्ट्रेलियाबाट पनि इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 03:08:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मनि ट्रान्सफर रेमिटलि र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ। यो सेवा सुरुभएसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको इसेवाले जनाएको छ। 

इसेवाका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवालाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताए। इसेवाले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved