आइपे रेमिटको तिज लक्षित योजना, टिकटक भिडियो बनाएर पैसा जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 05:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आई पे रेमिटले हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । श्रावण २३ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा सहभागी हुन चाहनेले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने हुन्छ । 

भाद्र ६ गतेसम्ममा अपलोड गरिसक्नेलाई मात्र प्रतियोगीतामा सहभागी गराउने रेमिटले जनाएको छ ।  सहभागी हुने मध्ये दैनिक ५ जनाले २०० रुपैयाँ बराबरको टपअप पाउने छन भने १ जना भाग्यशाली विजेताले १५ हजार रुपैयाँ नगत पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ । 

गत वर्ष गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।  यस वर्ष सहभागिहरु अझै बढने अपेक्षा रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved