बहराइनबाट इसेवा वालेटमा पैसा पठाउँदा ५५ रुपैयाँ क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 06:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बिएफसी ) र  इसेवा मनि ट्रान्सफरबीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार  बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै  एपबाट कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ क्यास ब्याक अफर पनि दिइएको कम्पनीले जनाएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved