मनीग्रामबाट पठाएको रकम आइएमई पेबाट भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 07:29:03 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट मनीग्राम इन्टरनेशनल मार्फत पठाएको रकम आइएमई पे मार्फत भुक्तानी लिन सकिने भएको छ । मनीग्रामले आइएमई लिमिटेड र आइएमई पेबीच गरेको पीटूपी सम्झौतासंगै विदेशमा भएका नेपालीले पठाएको रकम आइएमई पे मार्फत भुक्तानी गर्न पाइने भएको हो । 

सम्झौतामा  विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्ने उल्लेख छ । यस सम्झौताले विश्वका विभिन्न दुई सय देशमा रहेका नेपालीहरु लाभावित हुने मनिग्रामले जनाएको छ । 

विप्रेषण सेवा प्रदान गर्दै आइरहेको मनीग्राम पीटुपी सेवामा अग्रणी कम्पनी मानिन्छ । मनीग्राम मनी ट्रान्सफरका लागि अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आइरहेको विप्रेषण सेवाप्रदायक कम्पनी हो । मनीग्रामले २ सयभन्दा बढी देशबाट पैसा पठाउने काम गर्दै आइरहेको छ । 

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved