Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सिटी एक्सप्रेसबाट रकम पठाएर १० हजार जित्ने मौका

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 01, 2020 | 11:22:07 AM मा प्रकाशित

nj

सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको हो । 

असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ । उक्त ६० दिनको अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन पाउने छन् ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट  विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved