आइएमईद्वारा कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 07:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमईले कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेका परिवारकालाई आर्थिक सहयोग गर्ने भएको छ । जसकालागि कम्पनीले ‘भरोसा कोश’को स्थापना गरेको छ । 

जसअन्तर्गत कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तले कार्तिक मसान्तसम्म पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कोरोनाका कारण पुस १६ देखि असोज ३० गतेसम्म विदेशमा ज्यान गुमाउनेका आफन्तले आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ ।आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।’ कम्पनीले आज जारी गरेको आह्वान–पत्रमा उल्लेख गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved