वेस्टर्न युनियनबाट रकम पठाउदा १० लाख जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 04:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियनले दशैको अवसर पारेर “दशैंको सौगात” योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार देखि १० लाख रुपैयाँसम्म जित्न सकिने उक्त योजना सैवाजनिक गरेको हो । 

कार्तिक १ गतेदेखि २७ गतेसम्म लागु हुने सो योजनामा साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार पाउन सकिने छ । योजनामा सहभागी हुन वेस्टर्न युनियनका एजेन्ट लोकेसन अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्ने छ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । योजना अन्तर्गत हरेक हप्ता १० जना विजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने कम्पनीले जनाएको छ । 

यसका साथै, प्रवर्दन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुन् पाइने छ । यसमा १ जना विजेताल १० लाख नगद जित्न सक्ने जनाइएको छ । लक्की ड्रको विजेता १६ डिसेम्बरमा घोषित गर्ने कार्यक्रम रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved