बढ्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 03:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको पहिलो दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्स बढेको छ। गत आर्थिक बर्षको तुलनामा ८ दशमलव १ प्रतिशतले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। 

दुई महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ७३ करोड बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा उल्लेख छ।

चाडपर्वको अवसरमा विदेशबाट पठाउने रेमिट्यान्स बढ्ने भएकाले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको पहिलो दुई महिनामा रेमिट्यान्स बढेको जानकारहरुको भनाई छ। 

त्यस्तै,  यस अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको छ । अमेरिकी डलर विप्रेषण २.६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved