सेन्चुरी कमर्शियल बैंकको सबै सूचकमा उल्लेख्य प्रगती, शतप्रतिशतले नाफा बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 02:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन। यसैक्रमलाई निरन्तरता दिंदै सेन्चुरी कमर्शियल बैक @Centu ले पनि उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको छ। 

बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै शतप्रतिशतले खुद मुनाफा बढाएको विवरण सार्वजनिक गरेको छ। बैंकले चालू आर्थिक बर्षको पहिलो तिन महिनामा २७ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १३ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको थियो। बैंकको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा १२ करोडले कम हो।  

बैंकले २७ करोड खुद मुनाफा गरेपनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा २० करोडमा झरेको छ। राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।  

यस अवधिमा बैकले निक्षेप संकलन र कर्जा तथा लगानी प्रवाहमा समेत उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बैंकले ६२ अर्ब ३७ करोड निक्षेप संकलन गरि ५८ अर्ब १३ करोड कर्जा तथा लगानी प्रवाह गरेको छ। गत बर्षको अवधिसंगको तुलनामा बैंकले निक्षेप ३८।५ र कर्जा प्रवाह ४२।५ प्रतिशत वृद्धि गरेको छ। बैंकले गत बर्षको तुलनामा १८ अर्बले कर्जा लगानी बढाउँदा उसको खुद ब्याज आम्दानि ३४ करोडले बढेको छ। 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड छ भने जगेडा कोषमा १ अर्ब ३८ करोड छ। बैंकको खराब कर्जा अनुपात १।७० प्रतिशतबाट घटेर ०।८२ प्रतिशतमा झरेको छ भने यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा, र प्रति सेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved