हिमालयन बैंकको खुद नाफासंगै समग्र सूचकमा देखियो यस्तो प्रगती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 10:48:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा उत्साहजनक प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा ५८.४१ प्रतिशतले बढाएर ६४ करोड ९६ लाख पुर्याएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ४१ करोड १ लाख थियो। 

बैंकले ६४ करोड खुद मुनाफा गरेपनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा ४७ करोड ६८ लाख पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको फ्रि प्रोफिट ४१ करोड मात्रै थियो। बैंकको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा १५ करोडले कम हो राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।     

यस अवधिमा बैंकले १ खर्ब २ अर्ब निक्षेप संकलन गरि ९२ अर्ब २४ करोड कर्जा तथा लगानी परिचालन गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप ७ र कर्जा लगानी १८ प्रतिशतले वृद्धि गर्दा उसले १ अर्ब ३१ करोड खुद ब्याज आम्दानि गरेको छ। 

८ अर्ब ११ करोड चुक्ता पुंजी भएको हिमालयन बैंकको जगेडा कोष रकम सामान्य वृद्धि देखिएको छ। गत आर्थिक बर्षको यस अवधिमा रहेको ५  अर्ब ६८ करोड जगेडा कोष रकमलाई बढाएर ६ अर्ब ८९ करोड पुर्याएको छ।   

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँले बढेर ३२ रुपैयाँ २ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा रहेको छ। बैंकको ब्यापारको आकार बढ्दै गर्दा खराब कर्जा अनुपात भने १।२४ बाट १।४६ प्रतिशतमा पुगेको छ।

 

पहिलो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)


   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved