एभरेष्ट बैंकको कमाई २० प्रतिशतले बढ्दा फ्रि प्रोफिट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 12:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा २० प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको खुद मुनाफा १ अर्ब २२ करोडबाट बढेर १ अर्ब ४२ करोड पुगेको छ। यद्दपी नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकको बितरण योग्य मुनाफा १ अर्ब ४ करोड छ। गत बर्ष बैंकको यस्तो मुनाफा ९७ करोड ६७ लाख थियो। ६ करोड ५१ लाख रुपैयाँले मात्र फ्रि प्रोफिट बढेको हो । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ३८ करोड ८० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता उच्च घटेको हो ।

यस अवधिमा बैंकको निक्षेप संकलन २०।२१ प्रतिशतले बढ्दा कर्जा लगानी २३।०५ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि १ खर्ब २४ अर्ब कर्जा परिचालन गरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड छ भने जगेडा कोष रकम ६ अर्ब ७४ करोड ९७ लाख पुगेको छ। त्यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६३ पैसा, खराब कर्जा अनुपात ०.१९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत, आधार ब्याजदर  ८।२२ प्रतिशत, कोषको लागत ६. २३ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved