एनएमबिको खुद मुनाफा अर्ब नाघ्यो, रिजर्भ र इपिएस बढाउन विवरणमै 'छल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 03:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा अर्ब नघाएको प्रगति विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यसअवधि भन्दा १४ करोड ७१ लाखले बढाएर बैंकले १ अर्ब १० करोड ९९ लाख खुद मुनाफा आर्जन गरेको छ। 

एफपीओ बिक्रिबाट प्राप्त प्रिमियमले बैंकको जगेडा कोष केहि मजबुत देखिएको छ। बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक बर्षको यसअवधीमा बैंकको जगेडा कोष ५ अर्ब ४० करोड थियो। यद्दपी बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको बोनस सेयर पुँजीकरण गर्न बाँकी नै छ। पुंजीकरण गरि वित्तीय विवरण पेश गरेको हुन्थ्यो भने उसको अहिलेको जगेडा कोष घटेको हुन्थ्यो ।

साधारणसभाबाट लाभांश पारित भएर नगद लाभांश सेयरधनीको खातामा गईसकेक अवस्थामा समेत बैंकले बोनस सेयर पुँजीकरण गरेको छैन। बोनस पुंजीकरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ३० करोड नाघ्नेछ। अहिले बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उसको चुक्तापुंजी चुक्तापुंजी ८ अर्ब ७४ करोड छ।

त्यस्तै बैंकले बोनस पुंजीकरण गरे पश्चातको विवरण सार्वजनिक गरेको हुन्थ्यो भने उसको अहिलेको प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ घटेको हुन्थ्यो भने मुल्य आम्दानी अनुपात बढेको हुन्थ्यो।    

बोनस पुँजीकरण बिना नै बैंकले प्रस्तुत गरेको वित्तीय विवरणअनुसार उसको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ बढेर २०५ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात १२.७२ गुणा छ। 

वितरणयोग्य मुनाफामा गिरावट 

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकको वितरणयोग्य मुनाफामा कमि आएको छ। यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ४८ लाख छ। जुन गत आर्थिक बर्षको तुलनामा ३ करोड २४ लाखले कम हो ।

निक्षेप भन्दा कर्जा बिस्तारमा आक्रमक 

यस अवधिमा बैंकले ८८ अर्ब ७ करोड निक्षेप संकलन गरि ८५ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ८० अर्ब ५५ करोड निक्षेप संकलन गरि ७० अर्ब २२ करोड कर्जा प्रवाह गरेको थियो। प्रतिशतमा हेर्दा निक्षेप संकलन ९ प्रतिशतले बढ्दा कर्जा प्रवाह २१ प्रतिशतले बढेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved