माछापुच्छ्रे बैंकको नाफा अर्ब नाघ्यो, समग्र सूचकमा देखियो यस्तो प्रगती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 09:47:19 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा यस अवधिमा झन्डै ५० प्रतिशतले खुद मुनाफा बढाएको विवरण सार्वजनिक गरेको छ। 

यस अवधिमा बैंकको खुद मुनाफा ४५.२९ प्रतिशतले बढेर १ अर्ब २४ करोड पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ८५ करोड ४० लाख खुद मुनाफा गरेको थियो। 

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकको बितरण योग्य मुनाफा ९८ करोड १८ लाख छ। अहिलेकै अवस्थामा बैंकको प्रगति अघि बढेको अवस्थामा बैंकले यो आर्थिक बर्ष (चौथो त्रैमाससम्म) झन्डै १ अर्ब ३० करोड वितरण योग्य मुनाफा गर्न सक्ने देखिन्छ। यस आधारमा अन्य बिषय यथावत रहेमा बैकले यो बर्ष करिब १६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।     

यस अवधिमा बैंकले ८१ अर्ब १६ अर्ब निक्षेप संकलन गरि ७४ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ। जहाँ बैकको खुद ब्याज आम्दानी ४० प्रतिशतले बढेर १ अर्ब ८५ करोडबाट २ अर्ब ६० करोड पुगेको छ। 

त्यस्तै खराब कर्जा अनुपात ०.४० प्रतिशतले घटेर ०.३५ प्रतिशत पुगेको छ। त्यस्तै यस अवधिमा प्रति सेयर आम्दानी समेत ५० प्रतिशतले बढेर २० रुपैयाँ ५४ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ९१ पैसा र मुल्य आम्दानी अनुपात ११ दशमलब ६३ गुणा छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड छ भने रिजर्भमा २ अर्ब ७३ करोड छ। बैंकको ब्याजको (बेस रेट) आधार दर घटेर ७.९६ प्रतिशत पुगेको छ भने सिसिड़ी अनुपात ७७.३४ प्रतिशत छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved