नेपाल बैंकको नाफा घट्यो, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 08:52:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा २ अर्ब २४ करोड खुद मुनाफा गरेको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ३२ करोडले घटेको छ  । 

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार विभिन्न शिर्षकहरुमा रकम छुट्याएपछि बैंकको बितरण योग्य मुनाफा १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ छ ।  

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई १६.५२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved