गण्डकी बिकास बैंकको व्यापार विस्तारमा प्रगति, ९ महिनाको कमाई ३९ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 08:48:26 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक लिमिटेड Gandaki Bikas Bank Limited ले चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिको तुलनामा बैंकले करिब १५ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

यसअवधिमा बैंकले ३९ करोड ३ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३४ करोड ४ लाख खुद मुनाफा गरेको थियो। 

पोखरा केन्द्रित विकास बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा उल्लेख्य प्रगति गरेको छ। यसअवधिमा बैंकले ३५ प्रतिशतले बढाएर २७ अर्ब ४८ करोड निक्षेप संकलन गरेको छ भने ३२ प्रतिशतले बढाएर २४ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ। 

यसअवधिमा बैंकको चुक्तापुंजी २ अर्ब ७५ करोड छ भने जगेडा कोषमा १ अर्ब छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात घटेर शुन्य दशमलब ७९ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा, प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ६६ पैसा र मुल्य आम्दानी अनुपात १० दशमलब ४ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved