राष्ट्रिय वाणिज्य बैंकले कमायो साढे ३ अर्ब मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 11:26:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार विभिन्न शिर्षकहरुमा व्यवस्था गरे पश्चात बैंकको बितरण योग्य मुनाफा भने ३ अर्ब ४१ करोड ९ लाख रुपैयाँ रहेको   छ। 

बैंकले चैत्र मसान्त सम्ममा १ खर्ब ७२ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा १० अर्ब ८५ करोड २ लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेको बैंकले ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ निक्षेपको लागि ब्याज खर्च गर्दा ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको  । 

९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा १४ अर्ब ९ करोड ७ लाख रुपैयाँ राखेको छ । एनआइडी डेभलपेन्ट बैंकलााई गाभेको बैंकले उक्त बैंकको खराब कर्जाले गर्दा खराब कर्जाको प्रतिशत बढेर ४ दशलमव २८ प्रतिशत पुगेको छ । अन्य बैंकमा लगानीयोग् तरलताको अभाव हुँदा कर्जा लिनेको चाप बैैंकमा परेको देखिन्छ । जसले गर्दा गत आर्थिक वर्षको चैत्र मसान्तमा ६८ दशमलव ६७ प्रतिशत रहेको सिसिडि रेसियो बढेर ७४ प्रतिशत माथि पुगेको  । बैंकहरुा भएको ब्याजदर प्रतिस्पर्धाले निक्षेपको ब्याजदर बढाउँदा कस्ट अफ फण्ड केही बढेको भएपनि नेपाल राष्ट्र बैंकले आधार ब्याजदर गणनामा गरेको परिर्वतनले गर्दा आधार ब्याजदर घटेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved