नेशनल लाइफको कमाई ३० करोड ६० लाख, लाभांश घोषणा गर्न बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:52:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३० करोड ६० लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा कम्पनीको मुनाफा करिब ३८ प्रतिशतले बढी हो। 

यसअवधिमा कम्पनीले ७ लाख ८ हजार ३६० बीमितबाट करिब २१ प्रतिशतले बढाएर ४ अर्ब ७६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। यसअवधिमा कम्पनीको बिमितको संख्या १२।३३ प्रतिशतले घटेर ८ लाख ८ हजारबाट ७ लाख ८ हजारमा झरेको छ।  

कम्पनीले दाबी भुक्तानीबापत १ अर्ब ७० करोड भुक्तानी गरेको छ। गत आर्थिक बर्षको यसअवधिमा पनि कम्पनीले यत्ति नै रकम बराबरको दाबी भुक्तानी गरेको थियो। 

यसअवधिमा कम्पनीको चुक्तापुंजी ३ अर्ब छ भने जगेडा कोष ५७ प्रतिशतले बढेर ६८ करोड ७५ लाख पुगेको छ। त्यस्तै कम्पनीको जीवन बीमा कोषको रकम २० अर्ब ३९ करोडबाट बढेर २५ अर्ब २२ करोड पुगेको छ। 

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा र मुल्य आम्दानीको अनुपात ४३ दशमलब ४९ गुणा छ। नेशनल लाइफले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी नै रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved