EXCLUSIVE: यो बर्ष २८ बाणिज्य बैंक मध्य कसको कमाई कति ? (प्रक्षेपण रिपोर्ट)

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Jul 15, 2019 | 12:24:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको चौथो त्रैमासमा बैंकहरुले प्रस्तुत गर्ने प्रगति विवरण लगानीकर्ताको लागि बिशेष हुने गर्दछ। चालु आर्थिक बर्षको चौथो तथा अन्तिम वित्तीय विवरणले यस बर्ष संस्थाले सेयरधनीहरुलाई कस्तो प्रतिफल दिन सक्छ भन्ने आंकलन गरिने हुँदा पनि वित्तीय विवरण खास हुने गर्दछ।

तेस्रो त्रैमासमा अधिकांश बैंकहरुले उल्लेख्य प्रगति गरेको विवरण पेश गरेकाले चौथो त्रैमासमा समेत उक्त प्रगतिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन मर्जर, एक्जिविसन तथा हकप्रदको सहारा लिएका बैंकहरुलाई सेयरधनीलाई राम्रो अंकको प्रतिफल दिन मुनाफा बढाउन दबाब रहेको छ।

सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्दा चालू आर्थिक बर्षपनि बैंकिंङ क्षेत्र लगानीयोग्य रकमको अभाव रह्यो। यसले भर्खरै पुँजीबिस्तार गरेका बैंक वित्तीय संस्थालाई सोहि अनुसारको ब्यापार बिस्तार गर्नलाई रोकेको छ भने अर्कोतर्फ सिमित निक्षेप तानातानमा बैंकहरुबीच तिब्र प्रतिस्पर्धा रहंदा ब्याजदरमा चाप परेको छ। 

ब्याजदरमा परेको चाप, शाखा बिस्तार, मानवसंसाधन बिस्तार जस्ता बिषयहरुमा बैंकको खर्च बढेकाले पनि लागत अर्थात कस्ट अफ फण्ड तुलनात्मक रुपमा बढेको छ। यद्दपी प्रतिकुल वातावरणका बावजुद पनि बैंकहरुले बिगतको तुलनामा राम्रो कमाई गरेका छन। औषतमा अधिकांश बैंकहरुको मुनाफा अर्ब नाघेको छ।  

व्यापारिक, औद्योगिक क्षेत्रका आर्थिक गतिबिधिहरु अपेक्षित रुपमा बढ्न नसकेका कारणले सिर्जना भएको प्रतिकुल वातावरणको प्रभाबको असर बाणिज्य बैंकहरुको कारोबारमा समेत परेको छ। अस्थिर राजनीति, भूकम्पको क्षतिबाट माथि उठ्ने क्रममा रहेको अर्थतन्त्र, तरलता अभाब लगायतको प्रतिकुल वातावरणका बीच पनि बैंकहरुले यस आर्थिक बर्षको चौथो त्रैमासमा समेत राम्रै प्रगति विवरण गर्न सक्ने अनुमान गरिएको छ।

लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले बाणिज्य बैंकहरुको तेस्रो त्रैमासको प्रगति विवरण तथा कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको चौथो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ।  बिजपाटीलाई असार १५ गतेसम्म प्राप्त सूचना तथा जानकारीको आधारमा चौथो त्रैमासको प्रगति विवरण प्रक्षेपण गरिएको हो। 

बाणिज्य बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा प्राप्ति गरिसकेको र केहि प्रक्रियामा रहेकाले ती संस्थाहरुको मुनाफालाई बैंकको प्रक्षेपण गरिएको मुनाफामा समावेश गरिएको छैन। यो प्रक्षेपण रिपोर्ट हो, यसको आधारमा गरिने लगानीको निर्णयबाट उत्पन्न परिस्तिथिप्रति बिजपाटी डटकम जिम्मेवार हुनेछैन। 

नोट: जुम गरेर हेर्नको लागि रिपोर्टमा डबल क्लिक गर्नुहोस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved