इन्फिनिटी लघुवित्तको नाफा २३१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 08:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले गत आर्थिक बर्षमा ३ करोड ७५ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४/७५) मा लघुवित्तले १ करोड १३ लाख ११ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा २३१.६३ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०९ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५३ लाख ३७ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा ६९८.८ प्रतिशतले वृद्धि भई ४ करोड २६ लाख ३२ हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा ५१ करोड २८ लाख ७८ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा २५ करोड ०७ लाख ३६ हजार निक्षेप संकलन गरेको लघुवित्तले १०४.५४ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ७९ करोड ६९ लाख ७ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने १ अर्ब ४६ करोड १३ लाख ५० हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा ८१ करोड ६४ लाख ३१ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा २१ करोड ९४ लाख ९२ हजार ब्याजबाट आम्दानी गरेको छ भने १२ करोड ७१ लाख ०९ हजार व्याज भुक्तानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड २३ लाख ८२ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७३.०१ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ३ करोड ३८ लाख ३८ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.७७ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २०.८४ गुणा, प्रतिशेयर नेटवर्थ १२०.५६ रुपैयाँ तरलता अनुपात १०.३१ प्रतिशत र कोषको लागत ११.५८ प्रतिशत रहेको छ । 

हाल लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । लघुवित्तल्े गत आर्थिक वर्षमा मात्र साधारण शेयर (आइपिओ) विक्रि गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved