हालै आइपिओ निकालेको गणपती माइक्रोफाइनान्सको नाफामा छलाङ, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 09:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपती माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा ३ करोड ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४/७५) मा माइक्रोफाइनान्सले २७ लाख २२ हजारले घटामा रहको माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा मुनाफा आर्जनमा छलाङ मारेको हो । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २९.४५ रुपैयाँ रहेको छ । 

यस अवधिमा माइक्रोफाइनान्सले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ४७ लाख ५६ हजारले ऋणात्मक रहेको जगेडा कोषमा छलाङ मार्दै गत आर्थिक वर्षमा १ करोड ७१ लाख ४६ हजारको बनाएको छ । 

माइक्रोफाइनान्सले उक्त अवधिमा २३ करोड ७२ लाख ३४ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा १२ करोड ४९ लाख ७८ हजार निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ८९.८२ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थाबाट ५८ करोड ९९ लाख ६२ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा माइक्रोफाइनान्सले कुल कर्जा लगानी भने ८७ करोड ७५ लाख ४३ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा ५३ करोड ५१ लाख ६३ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

माइक्रोफाइनान्सले उक्त अवधिमा १३ करोड ५० लाख २० हजार ब्याजबाट आम्दानी गरेको छ भने ७ करोड ४१ लाख १४ हजार व्याज भुक्तानी गरेको माइक्रोफाइनान्सले  खुद ब्याज आम्दानी ६ करोड ९ लाख ५ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १५७.३६ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले २ करोड ३६ लाख ६५ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

माइक्रोफाइनान्सले निष्क्रिय कर्जा अनुपात ०.६९ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११६.५७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १२.१२ प्रतिशत  रहेको रहेको छ । त्यस्तै कोषको लागत १०.३९ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षमा साधारण शेयर (आइपिओ) निष्काशन गरेको माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved