ग्लोबल आईएमई बैंकको मुनाफा २ अर्ब ७९ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 05:45:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले गत आर्थिक बर्ष २ अर्ब ७९ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले २ अर्ब १० करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा ३३.०२ प्रतिशतले बढेको हो ।

बिजपाटी डटकमले बैंकले २ अर्ब ५६ करोड खुद नाफा गर्ने प्रक्षेपण गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ४२ करोड रहेको छ । यस हिसाबले बैंकले २३ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । 

हाल बैंकको चुक्ता पुंजी १० अर्ब ३१ करोड रहेको । १ खर्ब २० अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब ८ अर्ब रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ६ अर्ब ४ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ३३.३२ प्रतिसतले बढेर ५ अर्ब १६ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट घटेर ०.५५ कायम भएको छ  । 

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १०.८८  गुणा, प्रतिशेयर नेट वर्थ  १५८.६२ रुपैयाँ, प्रति शेयर आम्दानी २७.११ रुपैयाँ, आधार ब्याजदर ९.५४ प्रतिशत, कोषको लागत ७.१८ प्रतिशत , र सीसीडि ७८.६९ प्रतिशत रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved