२९ प्रतिशतले नाफा बढाएको आरएमडीसी लघुवित्तको अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 08:46:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्तले गत आर्थिक बर्षमा ३३ करोड २४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तलेले २५ करोड ७५ लाख ९३ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा २९.०७ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तकोे प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब २८ करोड ५१ लाख ५० हजार मात्र रहेको जगेडा कोषमा गत आर्थिक वर्षको अन्त्यमा आउँदा २५.७ प्रतिशतले वृद्धि भई १ अर्ब ६१ करोड ५४ लाख ५३ हजार भएको छ । 

थोक कर्जा मात्र प्रवाह गर्ने लघुवित्तले अवधिमा ६ अर्ब ६३ करोड ६ लाख ५९ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी (बरोइङ) गरेर ल्याएको छ । सोही अवधिमा संस्थाले ८ अर्ब २२ करोड १९ लाख ४६ हजार कर्जा लगानी गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले ५ अर्ब ६१ करोड ९४ लाख ९७ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ६ अर्ब ८४ करोड ८ लाख ३४ हजार कर्जा लगानी गरेको थियो । 

उक्त अवधिमा १ अर्ब ३ करोड ३० लाख ८२ हजार व्याजबाट आम्दानी गरेको छ । सोही अवधिमा ५४ करोड ९९ लाख ३६ हजार व्याज भुक्तानी गरेको संस्थाले  खुद व्याज आम्दानी १९ प्रतिशतले वृद्धि गर्दै ४८ करोड ३१ लाख ४५ हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले ४० करोड ५९ लाख ९६ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

अन्य लघुवित्तहरुलाई थोक कर्जा मात्र प्रवाह गर्ने संस्थाको निष्कृय कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १५.९८ गुणा, पुँजी कोष अनुपात २४.६८ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३०२.०८ रुपैयाँ र कोषको लागत ८.९८ प्रतिशत रहेको छ । 

हाल संस्थाकोे चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved