लघुवित्तमा 'अपग्रेड' भएको जीवन विकासको नाफा २२ करोड, पूँजीवृद्धिको दबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 09:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank

जिवन विकास लघुवित्तले गत आर्थिक बर्षमा २२ करोड १५ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा मात्र राष्ट्र बैंकले फिन्गो लघुवित्तमा रुपान्तरण गरेको संस्थाले उत्कृष्ट वित्तीय विवरण प्रकाशित गरेको हो । 

१४ करोड रुपैयाँ चुक्ता पुँजी लिएर मोरङ जिल्लामा केन्द्रिय कार्यालय रहने गरि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको संस्थाले जगेडा कोषमा २२ करोड १३ लाख ३० हजार रुपैयाँ राखेको छ । 

४ अर्ब ८१ करोड ३९ लाख ४९ हजार निक्षेप संकलन गरेको लघुवित्तले २ अर्ब ८२ करोड २९ लाख ३७ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटि (बरोइङ) गरेर ल्याएको छ । सोही अवधिमा लघुवित्तको कर्जा लगानी भने ९ अर्ब २७ करोड ६ लाख ६६ हजार रहेको छ । 

३२ करोड ५६ लाख ७२ हजार खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक ६१ करोड ६२ लाख १२० हजार ब्याज आम्दानी गर्दा स्रोत ब्यवस्थापनको लागि २९ करोड ६ लाख ३७ हजार व्याज भुक्तानी गरेको छ । 

लघुवित्तलाई पुँजी वृद्धि अनिवार्य रहेको देखिन्छ । संस्थाको पुँजी कोष अनुपात ४.७२ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात ०.३४ प्रतिशत र कोषको लागत १०.१७ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved